आयो दुई फिल्मको पोष्टर
‘भिजा गर्ल’मा अमेरिका पुग्ने सपना बोकेका आधुनिक युवतीहरुको कथा चित्रण गरिएको छ ।
यसमा रिमा विश्वकर्मा, ऋचा शर्मा, कर्म, रेमनदास श्रेष्ठ, विनय श्रेष्ठले अभिनय गरेका छन् । सिनेमामा पाँच गीत छन् ।
त्यसैगरी ‘कथा’ दुई हप्तामै सुटिङ सकाएर प्याकअप गरिएको सिनेमा हो । यसअघि आर्ट फिल्म ‘आचार्य’ निर्देशन गरेका रसाइलीले ‘कथा’मा अलग प्रस्तुति दिएको बताएका छन् । सौगात मल्ल, तिमोथी राई, उषा रजकको अभिनय रहेको यो चलचित्रमा नायक मल्ललाई दर्शकले फरक गेटअपमा देख्न पाउँने छन् ।




