युनाले पनि लगन कसिन्
'पर्खि बसें' सिनेमाबाट नेपाली रजतपटमा ओर्लिएकी युनाले लामो समय निर्देशक मनोज श्रेष्ठकै फिल्ममा काम गरेकी थिइन् । निर्देशक श्रेष्ठसँग युनालाई जोडेर हेर्ने समेत गरिएको थियो त्यतिबेला सिेन क्षेत्रमा ।
डेब्यु हुनसाथै लगातार फिल्म खेलेपनि उनलाई स्थापित हुन भने गार्हो परेको थियो । पछिल्लोपटक भने उनले फिल्म समेत पाउन छोडिसकेकी थिइन् । उनका पति विकास अमेरिकाको डल्लासमा बसेर जीव विज्ञानमा पीएचडी गरिरहेका छन् । युनाले करिब एक दर्जन फिल्ममा अभिनय गरेकी छिन् ।




