सिर्जनात्मक सिनेमा बनाउ: प्रधानमन्त्री
चलचित्रलाई बौद्धिक उत्पादनको रुपमा स्थापित गर्न सर्वसुलभ चलचित्र शिक्षाको व्यवस्था गर्नुपर्ने प्रधानमन्त्रीको राय छ । 'चलचित्र एकेडेमी बनाउन र चलचित्रको उच्च शिक्षा व्यवस्थापन गर्न स्पस्ट योजना लिएर आउनोस् म पूर्ण सहयोग गर्ने छु,' प्रधानमन्त्रीले भने ।
चलचित्र निर्देशक समाजले आयोजना गरेको एक हप्ते कार्यशालामा नेपाली निर्देशक, लेखक र बिदेशी प्रशिक्षक गरी ७० जनाले सहभागिता जनाउँदै छन् । २७ गतेदेखि चरिकोटमा भईरहेको कार्यशालामा फ्रान्सका प्रा. ड्रागन, कोरियाका यु कोई र भारतका प्रेमेन्द्र मजुमदारले प्रशिक्षण दिइने छन् । ड्रागनले लेखन, कोईले भिजुअल र सम्पादन तथा मजुमदारले भारतीय चलचित्रका सय वर्षबारे जानकारी दिने कार्यक्रम छ ।
कार्यशालामा नेपाली चलचित्र प्रेमपिण्ड, मुकुण्डो, बसाई, दर्पणछायाँ, नुमाफुङ र दासढुंगा समेत देखाइने छ ।




