कलाकार भुटानी निधन
उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको बौद्ध परम्पराअनुसार आज मध्यान्ह स्वयम्भुनाथमा अन्त्येष्टि गरियो । यसअघि अस्पताल परिसरमा राखिएको उहाँको पार्थिक शरिरमा नेपाली चलचित्रकर्मीहरु तथा जनसाधारणले अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । करिब पाँच दशकदेखि नेपाली चलचित्रमा अभिनय गर्दै आउनुभएका भुटानी द्वन्द्व निर्देशकका रुपमा चर्चित हुनुहुन्थ्यो ।
उनको अन्त्यष्टिमा द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले दागबत्ती दिएका थिए ।




