विग्रएकी रेजिना
रेजिना अहिले ता त साह्रै सपि्रस नि बद्रीको सुटिङमा व्यस्त छन् भने सागसागै उनी पुस ३० गतेबाट प्रदर्शनमा आउन लागेको चिनोको पब्लिसिटीमा पनि । फिल्मको पब्लिसिटीका लागि रेजिना सबैसाग मोवाइल माग्छिन् अनि चिनो चलचित्रको गीत लैजाउ मलाई सिआरविटीमा डाउनलोड गरिदिन्छिन् । कसैको मोवाइलमा पैसा प्रशस्त हुन्छ, सिआरविटी डाउनलोड गर्दा खर्च हुने १२ रुपैयाँको बालमतलव पनि गर्दैन तर जो दुःखी हुन्छ उस्लाई भने यसले पिरोलो पारिरहेको छ । राम्री नायिकाले मोवाइल माग्दा नदिउँ पनि कसरी दिउँ पनि १२ रुपैयाँ चेट ।




