Share |

अब राजधानीमा 'डर' लाग्ने

तीन वर्षअघि मोफसलमा चलिसकेको 'डर' अब राजधानीमा प्रदर्शन हुने भएको छ । यो थ्रिलर लभ स्टोरी बालाजी फिल्म्सको चौथो प्रस्तुति हो । 'प्रेमका रोचक सन्दर्भहरू छन्,' कथालाई सस्पेन्समा राख्दै निर्देशक प्रदीप श्रेष्ठले भने, 'नयाँ पुस्ता लक्षित फिल्म हो ।' फिल्ममा डरको मनोवैज्ञानिक सन्दर्भ पनि केलाइएको उनले बताए,'डरको एउटा सीमामा पुगेपछि मान्छे डराउनै छाड्छन् ।'

बाला गुरुङले निर्माण गरेको फिल्ममा राजेश, रमित, विराज भट्ट, निरुता सिंह, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । उक्त फिल्म आउँदो शुक्रबारदेखि उपत्यकाका १७ हलहरूमा लाग्दै छ ।


प्रतिक्रिया (१)

Sanjib tamang भन्नुहुन्छ:

Ali sabda asuddo bhhayo

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box