नायिका मेलिना गर्भवती
हलिउडमा नायिका किम कर्दासियना गर्भवती छन्, बलिउडमा काजोलले यही साता छोरो पाइन्, मान्यता दत्त गर्भवती छन्, ऐश्वर्या पनि गर्भवती भएको हल्ला छ, त्यस्तोमा कलिउड पनि के कम रु मेलिना मानन्धर आमा बन्ने तरखरमा जुटेकी छन् ।केही समय यता सार्वजनिक जीवनमा नदेखिएकी मेलिना केही महिनापछि आमा बन्दैछिन् । डेढ बर्षको प्रेम पछि दुई वर्ष अघि मेलिनाले नायक मुकेश ढकालसंग विबाह गरेकी थिइन् । स्रोतका अनुसार मेलिनाको कोखमा अहिले सात महिनाको बच्चा छ ।
गर्भवती भएको कारण मेलिना घरबाट बाहिर पनि निस्किंदैनन् भने पति ढकाल पनि श्रीमतीको हेरविचारमा लागेका छन् । मेलिना ३४ वर्षको उमेरमा आमा बन्न लागेकी हुन् भने ढकाल ३० वर्षको उमेरमा बाबु बन्न लागेका हुन् ।मेलिनाको स्याहार सुसारमा दिन गुजारिरहेका ढकालले केही दिन अघि श्रीमती मेलिनालाई लगेर ओम अस्पताल पुगेका थिए । मेलिना आमा बन्न लागेको खबर सार्वजनिक भएपछि अहिले उन्को घर, मोवाइलमा बधाईको ओइरो लाग्न थालेको छ ।