रेखालाई हिराको चिन्ता
छ महिना अघि ५० हजार रुपैयाँमा किनको हिराको औंठी रेखा थापाले ’खुशी’ को सुटिङ्गमा हराएकी छन् । दुई साता अघि धुलिखेलमा सुटिङ भएको खुशीको केही अंश सुन्दरीजलमा सुटिङ हुँदै थियो जहाँ रेखाले हिराको औंठी हराइन् ।
देब्रे हातको साईली औंलामा लगाएको औंठी रेखाले सुन्दरीजलको खोलामा स्टण्ट सुटिङ गर्दा हराएकी हुन् । हिराको हार हराएकी नायिकाले थप दुःख विरामी परेपछि पाइन् ।
तर रेखालाई दुःखका साथ खुशीका दिन पनि यही बेला आए । उनी राष्ट्रिय चलचित्र अवार्डबाट २०६३ का लागि हिम्मत चलचित्रबाट उत्कृष्ट नायिका बनिन् ।




