कहिले खातका खात त कहिले रित्तो हात
अहिले भने सुमन एकसाथ दुईवटा चलचित्रमा व्यस्त बनेका छन् । यसबाहेक उनी अभिनित दुईवटा चलचित्र प्रदर्शनमा छन् । नाइँ नभन्नु ल र तिमी बिनाको जीवन प्रदर्शन भइरहेका छन् भने ग्यामलर र खुसीको छायाङ्कनमा उनी व्यस्त छन् ।
चलचित्र पाएँ भन्दैमा जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय नगर्ने बताउने सुमनले स्तरीय र सम्झनायोग्य चलचित्र आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।




