Share |

करिश्मालाइ पैसाभन्दा भूमीका ठूलो

चलचित्र 'बाबुसाहेब' को व्यापारिक असफलतापछि अमेरिका छिरेकी सदाबहार नायिका करिश्मा मानन्धरलाई यतिबेला अमेरिकी मोहले छोडे जस्तो छ । कोही अमेरिका जान नपाएर मरिहत्ते गरिरहेका छन् तर करिश्मालाई भने स्वदेशमै भइरहेका कार्यक्रममा अतिथि र निर्णायक बन्दै फुर्सद छैन ।

त्यति मात्र होइन चलचित्रमा अभिनय गर्ने धुनले पनि उनलाई छोडेको छैन । नयाँ जोश भएका नायिकाहरूले चलचित्र नपाइरहँदा उमेर ढल्कँदै गएकी करिश्मालाई भने यसको कुनै चिन्ता छैन । अमेरिका बसाइपछि स्वेदश र्फकनासाथ उनले हो यही माया हो र बसमा छैन यो मनमा काम गर्न भ्याइन् । अभिनयको प्रस्ताव लिएर आउनेलाई उनले पहिले जस्तो पारिश्रमिकको कुरा गर्दिनन् ।

भूमिकाप्रति सचेत बनेकी उनी पहिले सोध्छिन् : भूमिका कस्तो छ ? भूमिका चित्त बुझ्यो भने पारिश्रमिक बाधा बन्दैन उनलाई । करिश्मा जस्ती नायिकाले यस्तो भनेपछि निर्माताहरूलाई पनि के चाहियो र ? त्यसैले अहिले करिश्माको गोदावरी निवासमा निर्माताहरूको लामै लाइन लाग्ने गरेको छ ।

कम दाममा करिश्मालाई चलचित्रमा अभियन गराउन पाइने लोभले निर्माता/निर्देशकहरू चलचित्रको कथाभन्दा करिश्माको भूमिका बलियो बनाउनतिर कम्मर कसेर लागेका छन् । एक जना करिश्माका लागि सिङ्गो कथा मारेर उनकै पछि लाग्नु कतिको उचित होला ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box