Share |

अनुहार मात्र देखाउन

एकताका अभिनय र निर्माणमा सक्रिय नेपाली चलचित्र क्षेत्रकी 'कान्छी' अर्थात् शर्मिला मल्ल अहिले गुमनामझै बनेकी छन् । लगानी गर्ने दाम नभएर वा अवसर नपाएर उनी गुमनाम भएकी होइनन् रे । उनी भन्छिन्, 'अफर नआएका होइनन् तर चित्तबुझ्दो छैन ? केवल अनुहार मात्र देखाउने भूमिकाको अर्थ नै के रहृयो र ?'
यौवन छिप्पिँदै गए पनि रूपमा कुनै कमी नआएको देखिने शर्मिला राम्रो अफर नआउँदैमा निस्त्रिmय बस्ने सोचमा भने छैनन् । यसअघि पनि निर्माण क्षेत्रमा हात हालेकी उनी पुनः यसतर्फ नै सक्रिय हुने योजनमा छन् ।

हाल निर्माण भएका अधिकांश चलचित्र केवल सस्तो कथामा मात्र बनेको टिप्पणी गर्न रुचाउने शर्मिला लामो समयसम्म सम्भिmराख्ने किसिमका चलचित्र नै नबनेको दाबी नै गर्छिन् । जटिल र गहन विषयलाई हल्का ठान्नेहरूले गर्दा चलचित्र निर्माणले उचाइ लिन नसकेको शर्मिलाको ठम्याइ छ । आफूले बनाउने चलचित्र भने कुनै सस्तो कथा वा फर्मुलामा नबन्ने उनले प्रस्ट पारिन् । आˆनो पुरानो छवि र प्रभावलाई असर नपर्ने गरी चलचित्र निर्माण गर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box