कस्ता छन् नव नायिका?
केकी अधिकारी
प्रसन्न पौडेलेको निर्देशनमा बनेको चलचित्र 'स्वर'मार्फत नवनायिकाको रूपमा देखापरेकी छन् । केकी अधिकारी निर्देशक बद्री अधिकारीकी छोरी केकीका चलचित्र 'स्वर' मा राम्रो अभिनयका कारण पुराना कालाकारलाई चुनौती दिन सक्ने सम्भावना रहेको निर्देशक पौडेलेको भनाइ छ । सुरुकै चलचित्रको अभिनयले गर्दा उनले काम गर्ने मौका मिलेको छ ।
ऋचासिंह ठकुरी
धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी ऋचासिंह ठकुरी चलचित्रमा 'नाई नभन्नु ल'बाट नव नायिकाका रूपमा देखापरेकी छन् । उनको अभिनय र आत्मविश्वासका कारण उनले सफल नायिकाझँै अभिनय गरेकी छन् । चलिचित्र 'नाई नभन्नु ल' को मुख्य भूमिकामा रही एकल नायिकाका रूपमा प्रस्तुत भएकी अब उनले राम्रो चलचित्रमा काम पाउने कुरा निर्देशक विकास आर्चाय बताउँछन् । चाँडै प्रर्दशन उने उक्त चलचित्र नयाँ पिढीलाई समेटेर बनाइएको छ ।
वविता लिम्बु
आधा दर्जन जति फेसन सोमा क्याटवाक गरिसकेकी वविता गायक डम्बर नेपालीको मेरो जीवनबाट जाने भए जाउँ गीतको म्युजिक भिडियोबाट अभियन क्षेत्रमा प्रवेश गरेकी लिम्बुलाई नेपाली उद्यगकी सबैभन्दा लामो कदकी नायिकाको रूपमा देख्ने छन् दर्शकले चलचित्र 'छोटो छुट्टी' बाट ।
उक्त चलचित्रको नाम छोटो भए पनि ५ फिट ८ इन्च लामो कदकी वविता लिम्बुको आकर्षक शारीरिक बनोट र अभिनयले गर्दा उक्त चलचित्रबाट उनी नव नायिकाका रूपमा आएकी छन् ।
सुष्मा कार्की
म्युजिक भिडियोबाट अभिनय गर्दै आएकी सुष्मा कार्की चलचित्र 'मेरो एउटा साथी छ' बाट नव नायिकाका रूपमा देखापरेकी हुन् । टेलिशृङ्खला तीतो सत्यमा राम्रो अभिनय र चर्चाले गर्दा उनले अन्य चलचित्रमा नायिकाको रूपमा काम गर्ने मौका पाउकी छन् । चलचित्र तिमी मेरो म तिम्रोमा मुख्य भूमिकामा अभिनय गरेपछि सुष्माले थप दुई चलचित्र गुरुदक्षिणा र बाटोमुनिको फूलमा नायिकाको रूपमा आफूलाई प्रस्तुत गर्ने मौका पाएकी छन् । उनको अभिनय हेर्दा भविष्यमा व्यस्त नायिकाका रूपमा रहन सक्ने निर्देशकहरूको अड्कल छ ।
सजना चौलागाइ
राजुध्वज राणाद्वारा निर्देशित चलचित्र 'यस्तो पो माया' र रमशरण पाठकको 'ठेगाना' चलचित्रबाट नव नायिकाका रूपमा उदायकी सजना चौलागाईंको अभिनय अलिक फरक छ । उनले अभिनय गरेको यस्तो पो मायामा उनी एक्सन नायिकाका रूममा प्रस्ततु भएकी छन् । मेरा चलचित्र प्रर्दशनपछि दर्शकले मलाई एक्सन हिरोयीनका रूपमा चिन्ने छन् । सजना बताउँछिन् । अहिले उनी अन्य चलचित्रमा काम गर्ने सोचमा छिन् ।
शान्ति गिरी
भारतमा अध्ययन सकेर बसेकी शान्ति गिरी मोडलिङ सँगसँगै ग्ल्यामर क्षेत्रमा आˆनो पहिचान पनि बनाउन चाहन्छिन् । हुन त उनका रुचिका विषयहरू धेरै छन् । म्युजिक भिडियोमा मोडलिङदेखि चलचित्रमा राम्री नायिक बन्नेसम्म चाहना उनका छन् ।
भारतीय गायिका सञ्जीविको स्वर रहेको जुनी जुनी एल्बमको चर्चित "डाँडा, पाँखा, छहरा" बोलको गीतमा आˆनो राम्रो अभिनय देखाएकी छन् । विभिन्न गीतहरूमा गरेका केही अनुभवहरू समेत बटुलेकी, शान्ति गिरीलाई चलचित्र अभिनयप्रति भने निकै रुचि छ । उनी भविष्यमा एक सफल नायिका बन्ने मोहले उनी विभिन्न ठाउँमा डान्सलगायत अभिनयको प्रशिक्षण लिदैछिन् ।
ललितपुरको धापाखेलमा स्थायी बसोबास गर्दै आएकी शान्ति गिरीले निर्देशक विजय केरुङको चलचित्र "उज्यालो"मा अभिनय गर्दैछिन् ।
सञ्जु परियार
छेत्रपाटीमा जन्मे पनि सातदोबाटोमा स्थायी बसोबास भएकी सञ्जु परियार चलचित्र भूलभए माफ गरबाट नव नायिकाका रूपमा देखापरेकी छिन् । सञ्जु एक कुशल डान्सर पनि हुन् । म्युजिक भिडियोबाट मोडलिङमा छिरेकी सञ्जु परियारले आधादर्जनभन्दा बढी गीतमा अभिनय गरिसकेकी छन् । अहिले केही नयाँ चलचित्रमा अनुबन्धित सो क्रममा छिन् सञ्जु ।





AS BHATTA [arjunsachin] भन्नुहुन्छ:
so nice so sweet so beautiful i can't express any more i like you top 1 model aryan G [model]Unisa भन्नुहुन्छ:
I love u keki.keki ma ta timilai herna.aba aunay next movie maya ko barima and i m sorry pharki rakhe6u.i love uprem sagar भन्नुहुन्छ:
In this time,real acting is most important then action so,i want to say all the character please try to do real acting then you can get success. All the best to all of you................Lokendra adhikari भन्नुहुन्छ:
I likesagar भन्नुहुन्छ:
sabai ustai hun aja au6an bholi jan6anRupesh sta भन्नुहुन्छ:
i meet her at AsthaNarayan hall, she is very beutiful ledy.i also take her photo i watch her photo,Bipin भन्नुहुन्छ:
Malai keki adhikari ko sundrta ekdamai man par6 ! So keki g best of luck.....Ashok भन्नुहुन्छ:
SamuthayUTTAM SAGAR भन्नुहुन्छ:
Miss keki Adhikari, You are the best artist in Nepali film industry so that plz safe your director for ever. I like you soomuch. Best of luck. Ok bye.santa shrestha भन्नुहुन्छ:
contacta nober pani dinu parne.