अक्कल विनाको नक्कल
दर्शकलाई राम्रो र मौलिक चिज प्रस्तुत गर्नुको सट्टा पुरानो र बासी चिज दिने केही नेपाली निर्माता निर्देशकहरु उल्टो भन्ने गर्छन, दर्शकले नै त्यस्तो खोजेपछि हामीले कस्तो दिने । नेपाली दर्शकहरु हिन्दी चलचित्रको प्रभावबाट मुक्त हुन सकेका छैनन्, त्यसैले हामीले त्यस्तै किसिमको चलचित्र दिनुपर्ने वाध्यता छ, एक निर्देशक भन्छन, राम्रो चिजको नक्कल गर्नु अपराध होइन ।
नेपाली निर्माता,निर्देशकले खुला रुपमा हिन्दी चलचित्रका कथा,संवाद, दृश्य मात्र होइन गीत र संगीत हुबहु नक्कल गरिरहेका छन । निर्देशक के।पी पाठक भन्छन, मौलिक सोच र चिन्तन राख्नेभन्दा केवल पैसा कमाउने व्यक्तिको प्रवेशले गर्दा नक्कल गर्ने प्रवति बढदै गइरहेका छ । नक्कल गर्ने प्रवृति नराम्रो भएको टिप्पणी गर्दै निर्देशक पाठकले भने, प्रसस्त नयाँ विषयबस्तु भएपनि निर्माता, निर्देशकहरु अल्छि भएरकाले नयाँपन आउन सकेका छैन । उनीहरु केवल संयोजक मात्र भएका छन । चोरी गर्न मेहेनत गर्न नपर्ने भएकाले यो प्रवृति मौलाउदो छ । सांस्कृतिक, भाषिक र रहनसहनका हिसावले नेपाल र भारत उस्तै भएकाले केही नक्कल हुन सक्ने अर्का निर्देशक तथा गीतकार यादव खरेल बताउछन । मानसिक दासताका कारण नक्कल गर्ने प्रवृति बढदै गएको बताउदै खरेलले भने निर्माता,निर्देशकले मौलिक चिज प्रस्तुत गर्ने आँट नै गर्न सक्दैन् ।
त्यसैले होला नेपाली चलचित्रकर्मीलाई फ्रेम टु फ्रेम नक्कल गर्ने बानी परिसकेको छ । हिन्दी चलचित्र हेरेर पोख्त भएका नेपाली दर्शकलाई पुन त्यस्तै चलचित्र प्रस्तुत गर्दा नेपाली चलचित्रको स्तर पनि राम्रोसँग झल्किन्छ । सरकारले नेपाली चलचित्र क्षेत्रको विकासतर्फ उचित ध्यान दिन नसकेकाले पनि हिन्दी चलचित्रको प्रभाव बढदै गएको छ । अर्कोतर्फ स्वयं नेपाली चलचित्रकर्मीहरु पनि बलिउडको रोगबाट मुक्त हुन नसक्नु पनि ठूलो विडम्बना हो । आˆनो बौद्धिक क्षमता विर्सेर अर्काको नक्कल गर्न खप्पिस केही नेपाली चलचित्रकर्मीले चलचित्रलाई व्यापारको भाँडो बनाउदै आएका छन । कला र प्रविधिसँग केही मतलव नराखी सस्तो लोकपि्रयता खोज्ने ब्यक्तिहरुको कारण नेपाली चलचित्र क्षेत्र दिनप्रतिदिन धराशयी बन्दै गएको एक निर्देशक टिप्पणी गर्छन ।
नेपाली बजारम सफलता पाएका र असफल भएका धेरै चलचित्रहरुले हिन्दी चलचित्रको नक्कल गरेका छन । चलचित्रको शिर्षकको मामिलामा त यो संख्या बढदो छ । हिम्मत, सडक, पृथ्वी, चमत्कार, मन, भाई, जीवनसाथी, रक्षक, बन्धन, जिद्दी, बादल, चाँदनी, अंगरक्षक, कमाण्डो, दाग, दुश्मन, खानदान, अर्जुन, आवारा जस्ता धेरै नामहरु हिन्दी चलचित्रबाट सापट लिइएका छन । यस्तै हुवहु र केही दृश्य, कथा, संवाद, गीत र संगीत नक्कल गर्नेमा पनि केही चलचित्रहरु रहेका छन । दपर्णछाँया चलचित्र दुनियाँ दिलवालेकि, सोल्टिनी हम आप के है कौन, सुपरस्टार रंगीला, आगो दिलजले, हिरो सौगन्ध, अल्लारे दिल हैं बेताव, जिन्दगानी होगी प्यार कि जीत, सुखदुःख जैसी करनी वैसी भरनी, कस्तो साइनो जानवर चलचित्रका नक्कल हुन् । नेपाली चलचित्रैकर्मीमा नक्कल गर्ने प्रवृति यसरी बढदै गएमा यसको भविष्य के हुने हो सबैले सोच्ने बेला भएको छ ।





neha lama भन्नुहुन्छ:
ramero kura ko nakaal garnu paap hoina but bollywood is bollywood kaha nepali flim lakh ma bancha kaha bollywood arabau ma bancha bollywood sanga tulana competion garna ashambhab cha hai kallywoodChetan magar भन्नुहुन्छ:
K hindi film ko copy nagarne ho vane nepali film chaldaina?gaurab भन्नुहुन्छ:
aasto po ramrosooraj chatterjee भन्नुहुन्छ:
Iam neapli and also Indain, I havent watched lots of nepali movie but I have watched all the movie which is just a copy of hindi movie or just good for nothing movie, I tried to do some thing new n orrig but no body was intrested on my project youraj lama ashok sharma and few more directors, so that's why I came back. now very soon I am comming to nepal after 6 years with lots of new story which non of any directoer have been thought. Iam sooraj chatterjee from chandigarh Im model actor and also a director, hope this time may I get a produster whom I am surching for.thank usantoshyawa भन्नुहुन्छ:
nepali film banauda aruko nachori aphnai culturma banauda ajhi ramro hunthiyoki jasto lagchh