Share |

नम्रता अब क्रिकेटतिर

सेक्स भिडियो प्रकरणपछि करिब ४ महिनादेखि अर्धभूमिगत अवस्थामा रहेकी नायिका नम्रता श्रेष्ठ नेपाल आइस बिच क्रिकेट फेष्टिभल २०१० की गुड वील एम्बेसडर नियुक्त भएकी छिन् । एक महिनापछि हुने महोत्सवमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई प्रवर्द्धक बनाइएको छ । त्रिशुली नदी किनारमा कि्रकेट खेलेर मनाइने यो महोत्सवमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको साथै नेपाली फिल्मका कलाकारको समेत सहभागिता रहनेछ ।

अशोक शर्माको नेतृत्वमा हिरो राजेश हमाल, निखिल उप्रेती र हिरोइन रेखा थापाको टोलीले सहभागिता जनाउनेछ । 'यो इभेन्टलाई सफल पार्न सक्दो प्रयास गर्छु' नम्रता भनिन् । 'सुरुमा त कि्रकेट सम्बन्धी फेष्टिभलको एम्बेसडर हुने भन्दा उत्साहित थिइन । बुझ्दै गएपछि एकदमै इन्टेष्टिङ लागिरहेको छ' - नम्रताले भनिन् ।

फिल्मस्टार टिमको तर्फबाट खेल्न लागेका उनीहरु पदकका लागि भने प्रतिस्पर्धा गर्न लागेका होइनन्न् । सांगि्रला कि्रकेट एकेडेमीले कुरिनटारमा चैत १३ देखि गर्न लागेको बिच क्रिकेटमा क्रिकेट र खेल पर्यटनको विकासका लागि उनीहरु खेल्न लागेका हुन् । नरम बलले बालुवामा खेलिने पाँच ओभरको उक्त खेलमा प्रत्येक टिममा पाँच खेलाडी रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्यारेवियन पुल पार्टीसहित डिजे संगीत रहने महोत्सव वैशाख ४ मा सकिनेछ ।

प्रतिक्रिया (२)

Bishnu भन्नुहुन्छ:

Whatever da incident happened with Namrata that was only a trick to calumniate her developed career. All the people has to think it positively that the sex is only a internal desire, anyone can do to whom they are being satisfied. So we should not be make a narrow thinking.

anonym भन्नुहुन्छ:

She doesn't need to hid anymore only conservative thinking people don't want the people's right to free from the social chain specially Bahun who want to put their lady in the limited cage it is out of humanright and, sex is their choice,human can have sex with any man that is his or her right to use their bodyparts when one want,no one can control his or her body,because that's their own body so,one has right to use them when they want. we should not think like other products.

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box