Share |

प्रदर्शनको तयारीमा माया यो कस्तो माया

युवापुस्ताको प्रेमकथामा आधारित चलचित्र 'माया यो कस्तो माया' को सम्पूर्ण प्राविधिक कार्य सकिएपछि प्रदर्शनको लागि तयार भएको छ ।

आधा दशकदेखि गायन तथा संगीत सिर्जनाको क्षेत्रबाट परिचय बनाएका पोखरेली युवा जीवन सुनारले निर्माण गरेको यो चलचित्रमा केही नयाा अनुहारलाई मुख्य भुमिकामा अवसर दिइएको छ ।

विभिन्न म्युजिक भिडियोबाट लोकपि्रय बनेका अयुव केसी, हिमाल रिजाल र केही चलचत्रिमा नायिका बनिसकेकी स्नेहा शर्मा यो चलचित्रमा प्रमुख भुमिकामा देखिएका छन । यसबाहेक सुशील पोखरेल, सुशीला निरौला, राजु अधिकारी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

कृष्णमान श्रेष्ठको कथा, बासुदेव पोखरेलको छायांकन, जीवन तामाङ, केशव कोइरालाको नृत्य रहेको चलचित्रमा निर्माता स्वयको संगीत रहेको छ । एलिभा फिल्मस प्रालिको ब्यानरमा निर्माण भएकेा चलचत्रिको निर्देशन नेत्र गुरुङले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box