'सेल' लेख्दा लफडा
कार्यक्रमको सवै मिडियाले कभरेज गरे, प्रचारको नयाँ शैलीको तारिफ पनि । तर कम्मरमाथिको सवैभाग खुला राखेर फोटो खिच्न सहमत भएकी जेनिशाले आफ्नो ढाडमा सेल लेखिएकोप्रति आपत्ति जनाउँदै प्रहरीमा उजुरी गरेकी छन् ।
निर्देशक प्रिन्स यादवले आफुलाई बिक्रिको वस्तु बनाएर अपमान गरेको भन्दै उनले प्रहरीमा उजुरी गरेकी हुन् । निर्देशक यादवसागको सम्झौतामा सेल लेख्ने उल्लेख नरहेको भन्दै उनले सो पोष्टरले आफ्नो परिवारमा समेत अप्ठ्यारो परेको बताइन् ।
तर निर्देशक यादवले भने जेनिशालाई फिल्ममा यौन ब्यबसायीको रुपमा प्रस्तुत गर्न लागिएकाले त्यसो गरिएको बताए । उनको अनुमतिले फोटो खिचिएको र पोष्टर पनि उनले अनुमति दिएरमात्र बनाइएको भन्दै यादवले परिवारबाट दवाव परेपछि केसीले प्रहरीलाई उजुरी गरेको दावी गरे ।
सार्बजनिकरुपमा आलोचन गरेपछि जेनिशालाई फिल्मबाट निकालेको समेत उनले दावी गरे । यता, यही मौकामा अर्को लफडा सुरु भएको छ, सोही तस्वीरका बिषयमा । बेवी थापा नामक मोडलले सो फिल्मको पोष्टरमा प्रयोग गरिएको शरिर आफ्नो भएको र जेनिशाको टाउकोमात्र जोडिएको दावी गरेकी छन् । उनले नेपालीखबरसाग भनिन-'मेरो सहमति बिपरित मेरो शरिर प्रयोग गरियो, यादवबिरुद्ध मुद्दा हाल्छु ।'




