Share |

के गर्छन् फुर्सदमा कलाकार?

काठमाडौं । अरूलाई दिनरात नभनि मनोरञ्जन दिनेहरू अफै चाहिँ कसरी मनोरञ्जन लिन्छन् ? अरूलाई उज्यालो दिन चाहने ले स्वयं बल्नुपर्छ भजनेझैं चलचित्रकर्मीहरू दर्शकलाई अभिनयको माध्यमबाट मनोरञ्जन प्रदान गर्न दिनरात नभनी खटिरहेका हुन्छन् । दर्शकको खुसी नै आफ्नो खुसी सम्झने अधिकांश कलाकारहरू फुर्सदको समयमा भने गीत-सङ्गीत सुनेर र चलचित्र हेरेर मनोरञ्जन लिने गर्छन् ।

हास्य कलाकारको रूपमा ख्याति कमाइ सकेका मह जोडी दर्शकहरूलाई पेट मिचि मिची हँसाउन पाउँदा आफूहरूलाई पनि मनोरञ्जन मिल्ने गरेको बताउँछन् । 'दर्शकहरूको खुसी नै हाम्रो खुसी भएकोले उनीहरूको मन खुसी भएको बेला हामी नरमाउने त कुरै भएन' मदनकृष्ण श्रेष्ठ भन्छन् । फुर्सदको बेला सङ्गीत सुनेर मनोरञ्जन लिने गर्छन् दुवै जना । उनी अगाडि थप्छन्- ''हामी दुवै कलाकारका अलावा गायक पनि हौं ।

नायक राजेश हमाल बिहान उठेपछि नियमित रूपमा एक घण्टा शारीरिक अभ्यास गर्छन् । त्यसपछि खाना खाई अधिकांश समय सुटिङमै बित्ने हुनाले घरमा मनोरञ्जन गर्ने समय नै मिल्दैन उनलाई । उनको फुर्सदको समय टेलिभिजन हेर्नमै बित्छ ।

नायिका रेखा थापाको पनि अधिकांश समय चलचित्रको सुटिङमै बित्ने हुनाले अभिनय गर्नमै रमाउने गर्छिन्, कलाकारको जन्म नै दर्शकहरूलाई मनोरञ्जन दिनको लागि भएको बताउँदै उनी अगाडि थप्छिन्- ''मेरो उमेरका साथीहरू डान्स र रेस्टुराँ गइरहेका देख्दा भने डाहा लागेर आउँछ तर पेसा नै अभिनय गर्ने भइसकेपछि चलचित्रकै सेरोफेरोमै बसेर मनोरञ्जन गर्छु ।''

तर चलचित्र निर्देशक तुलसी घिमिरे भने पुस्तक पढेर र लेखेर नै मनोरञ्जन लिने गरेको बताउँछन् । उनी समय मिल्नासाथ केटाकेटीसँग खेल्न थालिहाल्छन् । भीडभाड त्यति मन नपराउने घिमिरे एकान्तमा दर्शनशास्त्र, अलौकिक घटनाका पुस्तक पढेर समय बिताउँदाको मजा नै बेग्लै हुने गरेको बताउँछन् ।

अहिलेका युवा पप गायकहरू नवीन के भट्टराई र सन्जीव प्रधानका अधिकांश गीतहरू मन पर्छन् घिमिरेलाई ।

प्रतिक्रिया (२०)

himal gurung भन्नुहुन्छ:

kiss auta may satasa garne tarika ho

himal gurung भन्नुहुन्छ:

kissssssssssssssssss

rajan stha भन्नुहुन्छ:

kiss garnu paap haina

deepak भन्नुहुन्छ:

kis garnaako artha bujhna ati aawassek chha .bina arthama kis garnu ramra hoina tara.......

prahlad bastola भन्नुहुन्छ:

ab ma pani hiro banchu kiss garna paene raicha

Bipin भन्नुहुन्छ:

Sonia kc g ko kiss khai dekher chahi malai pani yas film kshetrama aauna man lagyo hai !

NABIN भन्नुहुन्छ:

THERE IS NO SUCH NEWS WHICH IS RELETED TO VISUAL MEDIA....BULLSHIT

Manoj भन्नुहुन्छ:

चुम्बन एउटा सामान्य प्रकृया हो नि । यसलाई हेर्ने द्रीश्टिकोन फरक भएको हो ।

Aadhi भन्नुहुन्छ:

Kiss garnu kunai thuko hura haina but nepali people thinking is bad Kiss is a sharing a love each other

rohit subba भन्नुहुन्छ:

wow so sweet kiss nepali movie ma pani yesto .....haahahaahhahahaha

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box