Share |

सुन्दर मेरो नाम र पर्खि बसे

काठमाडौं- 'टेलिभिजनका हिरो' दीपकराज गिरी यतिबेला ठुलो पर्दाकै नायकका रुपमा चर्चामा आएका छन् । उनि अभिनित चलचित्र सुन्दर मेरो नाम अहिले प्रर्दशनमा छ । तर, सोचेजस्तो सफलता भने हात परेन् ।


गोपीकृष्ण मुभिजको ब्यानरमा विजय थापाले निर्देशन गरेको यस चलचित्रमा रमित ढुंगानाका साथमा नायिका गरिमा पन्त दाहोरो भूमिका छिन् । बाहिरी अनुहार होइन, सोचाई र ब्यबहार सुन्दर हुनुपर्छ भन्ने सन्देश उठान गरेको छ यसले । सँधै टेलिभिजनमा हसाउने दीपकराज गिरी यहाँ भने भावुक भूमिकामा देखिएका छन् । विषयबस्तु र प्रस्तुतीका हिसाबले स्तरिय देखिएपनि सिनेमाले सोचेजस्तो ब्यबसायिक सफलता भने हात पार्न सकेको छैन ।

गोपीकृष्ण मूभिजकै ब्यानरमा बनेको अर्को सिनेमा पर्खि बसेले भने राम्रो सफलता हात पारेको छ । प्रेम कथामा आधारित चलचित्रको संगीतको पक्ष सशक्त छ । सुरेश अधिकारीको संगीत रहेको चलचित्रमा निखिल उप्रेती, जितु नेपाल, राजबल्बभ कोइराला, युना उप्रेती लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box