म त दर्शककी नायिका !: युना उप्रेती
नायिका युना उप्रेतीले अभिनय गरेको चलचित्र फर्केर हेर्दा (फ्ल्यास ब्याक) राजधानीमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा नायिका उप्रेतीले नायक राजबल्लभ कोइरालासँग गरेको 'किस सिन' का कारण पनि चर्चामा छ । तीन वर्षको अन्तरालमा सातवटा चलचित्रमा अवसर पाएकी युना चलचित्रमा अभिनयभन्दा पनि निर्देशक दिपक श्रेष्ठसँगको कारण चर्चामा आउने गरेकी छन् । गोपीकृष्ण मुभिजको चलचित्र 'पर्खी बसें'का लागि पहिलो पटक नायिका हुने अवसर पाएकी उनी स्थापित नायिकाहरूको दौडमा अझै सामेल नभए पनि लगातार चलचित्रमा काम गरिरहेकी छिन् । पछिल्लो पटक श्रेष्ठकै निर्देशनमा बनेको चलचित्र 'पहिलो¬पहिलो माया'ले सफलता पाएपछि युनाको चर्चा फेरि हुन थालेको छ, तर निर्देशक श्रेष्ठसँग उनको नाम जोडिने क्रम भने यथावत् छ ।
'फ्ल्यास ब्याक' त निक्कै हट छ जस्तो छ नी ?
कुन आधारमा हट भन्दै हुनुहुन्छ । हट हुने गरी त्यस्तो के दृश्य देख्नु भयो र फ्ल्यास व्याकमा ?
फिल्मको पोष्टरमा त किस सिन देखिन्छ त ?
के किस सिन दिदैमा फिल्म हट हुन्छ र? त्यो त स्क्रिप्टको डिमाण्ड थियो । त्यसमाथी, आज भोलि किस सिनको कहाँ चर्चा हुन्छ र? किस सिन त नर्मल हुन थालिसक्यो त । धेरै फिल्ममा धेरै नायिकाले किस सिन दिनुभएको छ ।
तपाई दीपक श्रेष्ठका चलचित्रमा मात्र किन काम गर्नुहुन्छ ?
किन फर्केर हेर्दा (फ्ल्यास ब्याक) दीपक श्रेष्ठको फिल्म हो र ? त्यसैले अहिले नै त्यस्तो भनि हाल्न मिल्दैन, किनभने यो अवधिमा मैले काम गरेका दुई चलचित्र 'र्फज' र 'फ्ल्यास ब्याक'का निर्देशक दीपक श्रेष्ठ होइनन् ।'फर्ज'लाई मदन घिमिरे र 'फ्ल्यास ब्याक'लाई दयाराम दाहालले निर्देशन गर्नुभएको हो ।
तैपनि बाँकी सबै चलचित्रका निर्देशक त दीपक श्रेष्ठ नै हुन् ?
मेरो पहिलो चलचित्रको निर्देशक उहाँ नै हुनुहुन्थ्यो । उहाँलाई मेरो काम मन परेको होला, त्यसैले प्रायः मलाई आफ्ना चलचित्रमा सम्झनुहुन्छ, तर म उहाँकी मात्रै नायिका होइन । अरू निर्देशकबाट प्रस्ताव आए म सहर्ष स्वीकार गर्छु र गरिरहेकी पनि छु ।
दीपक श्रेष्ठको 'क्याम्प'मा भएसम्म अरूले प्रस्ताव गर्लान् र ?
मैले बारम्बार भन्दै आएकी छु कि म कसैको 'क्याम्प'की नायिका होइन । म त कुनै निर्दैशककी मात्र नभई दर्शककी नायिका हुँ । यदि मलाई कसैले आफ्ना चलचित्रका लागि सुहाउँदो मान्नुभयो भने अवश्य पनि म काम गर्न तयार हुनेछु ।
कुनै अरू निर्देशकसँग कुरा भएको छ ?
मैले कसैलाई अहिलेसम्म मलाई आफ्नो चलचित्रमा नायिका बनाउनुहोस् भनेर आग्रह गरेकी छैन र म त्यसरी भन्न पनि सक्दिनँ । केहीले कुरा गर्नु पनि भएको हो, तर पछि अर्कैलाई लिएको सुनें ।
कारण केलाउन खोज्नुभएको छ ?
म चलचित्रमा ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छैन, एउटा कारण त त्यही होला । अर्को हल्ला चलेजस्तो 'क्याम्पकी हिरोइन' भनेर पनि हो कि ? तर जतिले पनि मेरा बारे त्यो भ्रम पालेर बस्नुभएको छ वहाँहरूलाई भन्न चाहन्छु । कृपया मलाई त्यस्तो भुमरीमा नपारि दिनुहोस् ।
फेरी दीपककै निर्देशनमा अर्को चलचित्रमा काम गर्दै हुनुहुन्छ नि ?
यसलाई चाहिँ संयोग भन्नु पर्ला । मलाई त्यो चलचित्रका लागि दीपक सरले होइन, गोपीकृष्ण मुभिजले नै अफर गरेको हो ।
प्रतिक्रिया (१५)
raj भन्नुहुन्छ:
Wish u all the best yuna ji..raj भन्नुहुन्छ:
I like your acting very muchhasta raj भन्नुहुन्छ:
HI,SISTER HOW ARE YOU? 8TH MAY I SEEYOU MALAYSIA IN THE CONSERT PROGRAMME.SO I DON'T FORGET YOU UNTIL I DIE.OK BYE SEE YOU AGAINdipesh sapkota भन्नुहुन्छ:
sara dinrat temi sangai ghumna man lagcha harek bhat ma timro rup chumna man lagcha ta baby bhatu kahapashupati paudel भन्नुहुन्छ:
hi bahini k 6 khaber timro id vaya dau la ma saudi ma 6u ahila timra film haru hara ramro lago trisul 10 din agi hera at last best of luckasafal mohan भन्नुहुन्छ:
kina filam ma kanti dhakanu hu66 r tapae ko filam parkhi basa matra ho ta ki aru pani 6 ma uae ma bhayara pani nepali filam lai maya gara6u ok byyyamir भन्नुहुन्छ:
hajur ko vibaha vayo ki vayana?lamaratna भन्नुहुन्छ:
hi...........yuna k 6?i like u all u r................sobita lamichhane भन्नुहुन्छ:
didi namaskar i like your smlling .i like your acting. my best actor is yuna upreti.bye didi.Dipendra भन्नुहुन्छ:
I like your all smlling acting.kumar gurung भन्नुहुन्छ:
malai man parne director dipak shrestha, wahale nai break dinu vayeko actress tapai [ una upreti ] tapaile khelnu vayeko pahilo film nai malai ekdam man paryo...sadhai agadi badnu hola..best of luck...Bisan भन्नुहुन्छ:
She seems very clever. to establish in this industry you should do something like that. Keep it up Baby.........sulove भन्नुहुन्छ:
hey yuna i like ur all activities thats all i got hahahmanoj भन्नुहुन्छ:
really i like you will you marry me?Deepakraj भन्नुहुन्छ:
Dear:Didee Namahskar Didee mero Name Deepakraj Bhatt mero ghar Mahendar Nagar, Teela choor Ho,Ma gariB Ko Choora Hu,Ma Ahile Delhi Ma Kam Gar,Chhu Roj Agn Kal Mala E Pani Film Actar Bana Deuuuuuuuu???? Binti cha Didee Lai Sit Auro, Mero Pani Kahani Korod Film JasTai Chha,Didee Plzzzzz Regars. Deepakraj Bhatt M. 91-9899629073