Share |

मलाई प्लेब्वाई मनपर्छ : जिया केसी


 

झण्डै एक दर्जन सिनेमामा काम गरिसकेपनि एउटै रिलिज भएको छैन, नायिका जिया केसीको । 'एटीएम'लाई रोक लगाइदिएपछि झड्का महसुस गरिरहेकी जिया नायक भुवन केसीसँगको सम्बन्धले चर्चामा छिन् । झापाको चारपानेमा जन्मिएकी उनी आफूलाई प्लेब्वाई मन पर्ने निर्धक्क बताउँछिन् । फिल्म नेपालसँगको कुराकानीमा उनले बारम्बार आफूलाई भुवन केसी मन पर्ने दोहोर्‍याइरहिन् । 
 
भुवन केसी तपाइँलाई साँच्चै मन पर्छ ? 
हो, आई लभ हिम । -हो, उहाँलाई म साँच्चै माया गर्छु ।) तर जसरी बाहिर हल्ला फैलिरहेछ त्यो अर्थमा होइन । म उहाँको फ्यान हुँ । फ्यानको रुपमा कसैलाई माया गर्न पाइँदैन र ? 
 
भुवन केसीको के कुरालो तपाइँ भुतुक्क हुनुभएको ? 
एकदमै स्मार्ट लाग्छ । उहाँको जस्तो गेटअप सायद नेपाली चलचित्रमा अरु कसैको पनि छैन । 
 
उहाँसँग भेट भएको कति समय भयो ? 
एक वर्ष पुग्न लाग्यो । 'एटीएम'को एउटा गीतको डान्स गर्दा उहाँ त्यहीं आउनुभएको थियो । भुवन केसी सिनेमाका लागि हिरोइन खोज्न आउनुभएको थियो । 
 
सुटिङ स्थलमै नायिका खोज्दै आएको कुरा कसरी पत्याउने ? 
होइन मेरो काम पनि हेर्न खोज्नुभएको होला । किनभने मेरो डान्स देखेर उहाँले प्रशंसा गर्नुभएको थियो । 
 
तपाइँहरुको सम्बन्धचाहिं कसरी नजिकियो ? 
त्यसको दुई महिनापछि उहाँसँग दरबारमार्गको नाङ्लो क्याफेमा अचानक भेट भयो । त्यसपछि चाहिं उहाँसँग राम्रै गफगाफ हुन थाल्यो । उहाँको घरमा पनि जान थालें । हामी केही दिनअघि मात्रै चावहिलमा एउटा मोबाइल पसलको उद्घाटन गर्न सँगै गएका थियौं । लगत्तै आरधना क्याफेमा अक्कल दाईको छोरीको पास्नीमा पनि सँगै थियौं । सायद यही कारण हामीबीच यस्तो काण्ड चलाएको हुनुपर्छ । तर उहाँलाई म जहिल्यै आदर गर्छु । 
 
यदि उहाँले विवाहको प्रस्ताव राख्नुभयो भने त खूब खुशी लाग्छ होला नि ? 
मैले यो स्टेजसम्म साचेकी छैन । अलि सानै उमेर भएकोले हो कि । 
 
यस्तो कुरा फैलिएपछि उहाँसँग सम्पर्क भयो ? 
छैन । मैले पनि गरेकी छैन । के भन्ने भन्ने भएर फोन गर्न पनि अफ्ठेरो लागिरहेछ । उहाँलाई देख्दैमा म त नर्भस भईहाल्छु । फोन गर्नुभयो भने पनि के कुरा गर्ने थाहा छैन । 
 
कुरा सुन्दा त लभ नै परेजस्तो छ ? 
उहाँको मलाई धेरै माया लाग्छ । तर अफेयरको रुपमा होइन । 
 
भुवन त वैवाहिक जीवनमा असफल व्यक्ति हुन् । धोका होला जस्तो लाग्दैन ? 
मलाई त वास्तवमा प्लेब्वाई नै मन पर्छ । केटी फेरिरहने उनीहरुको बानी ठीक लाग्छ । 
 
किन ? 
सायद म सोझी भएर होला ।
 
एकातिर प्लेब्वाई मन पर्छ अर्कोतिर आफूलाई सोझी ठान्ने । कसरी पत्याउने ? 
मनमा लागेको कुरा भनेकी हुँ । मेरो बारेमा बाहिर जे कुरा फैलिन्छ त्यो कहिल्यै सत्य हुँदैन । 
 
तपाइँ आफू पनि प्ले गर्ल हो ? 
बिल्कुल होइन । सोझी केटी हुँ । संघर्ष गरिरहेकी छु । 
 
१० वटा सिनेमा खेलेर संघर्ष गर्दा पनि स्थापित हुन नसकेपछि भुवनसँगको सम्बन्धले फाइदै पुग्ला नि ? 
उहाँलाई मैले त्यो रुपमा लिएकी छैन । फेरि त्यति ठूलो कलाकारको नाम बेचेर खानुपर्ने अवस्था ममा आइसकेको छैन । 
 
 
 

प्रतिक्रिया (१)

अजय सिंह भन्नुहुन्छ:

all the best जिया लागे रहो आगे मन्जिल हे

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box