Share |

शरिर बिकाउन खोजियोः : सीताराम कट्टेल


 

 
सीताराम कट्टेल अर्थात धर्मुस 'झमेला' टेलिसिरियलबाट हास्य कलाकारको रुपमा उदाएपछि खासै झमेला खेप्नुपरेन । गीताञ्जली, हिजोआजका कुरा, जिरे खुर्सानी जस्ता चर्चित हास्य कार्यक्रममा खेलिसकेका धुर्मुस अहिले 'मेरी बास्सै' व्यस्त छन् । 'दौड' सिनेमा खेलेपनि ठूलो पर्दामा उनी बडि्कन सकेनन् र अहिले टेलिसिरियलबाटै दर्शकलाई पेट मिचीमिची हँसाउँछन् । उनको नजरमा नेपाली सिनेमा कस्तो छ ? एकैछिन् धुर्मुसका कुरा पढौं तः
 
'दौड' सिनेमाबाट लडेर हो कि क्या हो त्यसपछि ठूलो पर्दामा देखिएन ? 
लडेको होइन । टेलिफिल्म निर्माण, विज्ञापन खेल्नुपर्ने, देशविदेशमा कार्यक्रम हुँदा आउजाउ गरिराख्नुपर्ने भएकोले नभ्याएर हो । समय व्यवस्थापन गर्न नसकेर मात्रै हो । फेरि मैले गरिरहेको पनि छोटो फिल्म नै हो नि । 
 
पछिल्लो समय हेरेको नेपाली सिनेमा कुन हो ? 
लुट । 
 
नेपाली सिनेमाको ट्रेन्ड कस्तो देख्नुहुन्छ ? 
प्राविधिक रुपमा विकसित भए पनि विषयवस्तुका हिसाबले पुरानै छन् । उस्तै उस्तै विषयवस्तु पाइन्छन् । आफ्नै कुरालाई नौलो रुपमा देखाउन सकेका छैनन् । त्यही भएर प्राविधिक रुपमा राम्रो भएपनि नेपाली सिनेमा स्वादिला लाग्दैनन् । 
 
यौन विषयवस्तुमा सिनेमा थुप्रै बन्न थालेका छन् । हाम्रो समाज उदार भएकै हो ? 
लहड हो । हामी त्यसैको पछाडि लागिरहेछौं । सिर्जनान्मक पक्षको अभाव हो, यो । शरिर देखाएर बजारमा सामान बेचेजस्तो मात्रै गरिंदैछ, सिनमामा । 
 
तर सिनेमामा ग्ल्यामरस भन्ने चीज अनिवार्य हुन्छ रे ?
यौन मानव जीवनको यथार्थता भएपनि विकृत रुपमा बाहिर ल्याउने काम भयो । हरेक समाजमा यसका आफ्नै सीमा, मान्यता हुन्छन् । नेपाली समाज, संस्कृति त्यति खुल्ला भईनसकेको हुनाले यसलाई हामीले विकृत रुप भन्न सक्छौं । 
 
बंगुरपालन पनि गर्नथाल्नुभएछ । हँसाएर कमाएको हो कि कमाइ हुन छोडेर व्यापारी बन्न लाग्नुभएको ? 
दुवै होइन । हँसाएर नाम कमाएँ दाम सन्तोषजनक छ । धेरै कमाएर यता हालेको होइन । अरुलाई पनि प्रेरणा होस् भनेर साथीहरुसँग मिलेर काम गरिएको हो । कृषकको छोरो भएकोले बाउबाजेको बिंडो पनि थाम्न खोजेको । 
 
शैंको योजना के बनाउनुभएको छ ? 
घटस्थापनाको दिन युके जाने कार्यक्रम छ । सुन्तली र म दुवै जान्छौं । दशैं तिहार उतै बित्छ । 
खल्लो हुन भएछ । सबै आफ्नो घर फिर्छन् तपाइँहरु घर छोड्दै हुनुहुन्छ ? 
म पहिलोपटक यसरी चाडवाडमा विदेश जाँदैछु । राम्रै डिमान्ड भएकोले जान लागेको हो । त्यहाँ हामीलाई माया गर्ने थुप्रै हुनुहुन्छ । त्यसैले खल्लो भन्दा पनि नौलो अनुभव हुने आशा छ । 
 

प्रतिक्रिया (३)

Sagar Sapkota भन्नुहुन्छ:

ramro cha tara nepali film lai bkasit garnu parako 6

santosh भन्नुहुन्छ:

सीताराम कट्टेल अर्थात धर्मुस 'झमेला' टेलिसिरियलबाट हास्य कलाकारको रुपमा उदाएपछि खासै झमेला खेप्नुपरेन । गीताञ्जली, हिजोआजका कुरा, जिरे खुर्सानी जस्ता चर्चित हास्य कार्यक्रममा खेलिसकेका धुर्मुस अहिले 'मेरी बास्सै' व्यस्त छन् । 'दौड' सिनेमा खेलेपनि ठूलो पर्दामा उनी बडि्कन सकेनन् र अहिले टेलिसिरियलबाटै दर्शकलाई पेट मिचीमिची हँसाउँछन् । उनको नजरमा नेपाली सिनेमा कस्तो छ ? एकैछिन् धुर्मुसका कुरा पढौं तः 'दौड' सिनेमाबाट लडेर हो कि क्या हो त्यसपछि ठूलो पर्दामा देखिएन ? लडेको होइन । टेलिफिल्म निर्माण, विज्ञापन खेल्नुपर्ने, देशविदेशमा कार्यक्रम हुँदा आउजाउ गरिराख्नुपर्ने भएकोले नभ्याएर हो । समय व्यवस्थापन गर्न नसकेर मात्रै हो । फेरि मैले गरिरहेको पनि छोटो फिल्म नै हो नि ।

rabin roka भन्नुहुन्छ:

hi sis tapaiko film malai ramro lagx plz plz ajha ramro khulnu parxni l;a

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box