Share |

'सेक्स' किन देखाउन नहुने ? : मेलिना मानन्धर


पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी नायिका मेलिना मानन्धर करिब दुई वर्षदेखि सिने पर्दाबाट हराएकी छिन् । आक्कलझुक्कल विज्ञापनमा झुल्किएपनि ठूलो पर्दाबाट भने उनी ओझेलमै छिन् । करियरभन्दा पनि बच्चाको भविष्यप्रति चिन्तित नायिका मेलिना आखिर किन हराइन् पर्दाबाट ? यसै विषयमा मेलिनासँगको छोटो कुराकानीः 
 
सिनेमाभन्दा पनि घरगृहिस्थीमै रमाउन थाल्नुभयो नि ? 
बच्चा भएपछि उसकै लागि बढी समय दिएकी हुँ । यसको मतलब म सिनेमाबाट टाढिएकी होइन । विज्ञापनजस्ता छोटाछोटा सिनहरु गरिरहेकी छु ।
 
सिनेमामा चाहिं प्रस्ताव आउन छोडेको भएर विज्ञापनतिर लाग्नुभएको ? 
होइन । समय नभएर हो । बीचबीचमा अफर आइरहन्छन् ।
 
नायिकाहरु उमेरका कारण निश्चित अवधिसम्म मात्रै सक्रिय हुन्छन् रे । त्यस्तै हो ? 
नायक वा नायिका जसको पनि समयसँगै आ-आफ्नै बाटोमा लाग्नुपर्ने हुन्छ । प्राथमिकताहरु बदलिरहन्छन् नि । 
 
तैपनि नेपाली नायिकाहरुचाहिं विवाहपछि आफ्नो फिल्मी करियर नै सकिएको ठान्छन् रे नि ? 
यो प्रश्न नेपालमा मात्रै धेरै गरिन्छ । म त विवाहपछि नै बढी व्यस्त भएँ । अहिले चाहिं मेरो कामभन्दा बच्चाको भविष्य बढी महत्वपूर्ण हो जस्तो लाग्छ । 
 
अब कहिलेदेखि पुनः पर्दामा देखिनुहुन्छ होला त्यसोभए ? 
ठ्याक्कै भन्न सक्दिन । जुन समयदेखि मेरा बच्चालाई म नहुँदा पनि सहज हुन्छ त्यही बेलादेखि फिल्मी दुनियाँबारे सोच्छु । 
 
फिल्म क्षेत्रमा जे  सपना लिएर आउनुभएको थियो पूरा भएजस्तो लाग्छ, आफ्नै बाटो फर्किएर हेर्दा ? 
म यस्तो बन्छु, उस्तो गर्छु भनेर यता लागेकी होइन । बा-आमाको पो सपना हुन्छ छोराछोरी यस्तो होस् भन्ने । मेरो केही थिएन । 
 
तैपनि केही न केही सोचेर नै त नायिका बन्नुभयो ? 
छैन । सपना ठूलो देखेर पूरा नहुँदा म फिल्मी क्षेत्रबाट हराएको होइन । खाली प्राथमिकता फेरिएको मात्रै हो । फेरि फिल्मी क्षेत्र यस्तो हो, जहाँ रिटायर भन्ने नै हुँदैन । 
 
प्रसंग बदलौं, अहिले नेपाली सिनेमाले यौनलाई बिकाउन खोजेको छ रे हो ? 
मैले त्यति गहिराइमा अध्ययन त गरेकी छैन । तर ट्रेलरहरु हेर्दा त्यस्तो देखिंदैन । बरु राम्रै गर्न खोजेको जस्तो देख्छु । 
 
तर कतिपयले त वेश्यालय र विद्यालय फरक चीज हुन् भनेर फिल्म पनि वेश्यालय बन खोजेको टिप्पणी गरेका छन् ? 
यो त अभद्र बचन हो । यस्तो भन्ने व्यक्ति यौनको मामलामा बाहिर राम्रो देखिए पनि भित्र झन् डेन्जर हुन्छ । 
 
फिल्मले कथावस्तु प्रस्तुतिकरणलाई नौलोपन दिनेभन्दा यौनलाई नै बिकाउन खोज्दा स्तर घट्छ भन्ने उहाँहरुको चिन्तालाई कसरी नराम्रो भन्ने ? 
यस्ता फिल्म बन्नु कुनै ठूलो कुरा होइन । यो ग्ल्यामरस क्षेत्र हो । हाम्रो संस्कारका कारण कतिपय मानिसलाई यी कुरा पचाउन गार्‍हो परेको मात्र हो । इन्टरनेट वा अन्य माध्यमबाट हेर्न हुने अनि फिल्ममा अलिकति देखायो भनेचाहिं कराउनु, आडम्बर मात्रै हो । 
 
 
 

प्रतिक्रिया (१)

chandra tamang भन्नुहुन्छ:

hi k6 khabar u ko aaba aaunu hola naya felimma has

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box