काली भए पनि हिस्सी परेकी छु: ऋचा घिमिरे
कालीकाली हिस्सी परेकी नायिका ऋचा घिमिरे पुतलीसडकस्थित ‘बिजीबी इन्टरटेनमेन्ट’ मा भेटिइन् शुक्रबार विहान । दाहिने हातमा हरिया चुरा टम्मै तर आधुनिक पहिरनमा रहेको ऋचा डविङका साथै चलचित्रको ‘प्रमोशन’ पनि त्यहीँबाट गर्दैथिइन् । चलचित्र निर्देशक शंकर घिमिरेसँग झण्डै दुई वर्षअघि विवाह गरेकी नायिका ऋचाले त्यसपछिका दिनमा अन्य व्यानरका तीनवटा मात्र फिल्न खेलिन् । र्याम्प मोडलिङबाट कलाक्षेत्रमा प्रवेश गरेकी ऋचाले ‘तिम्रो माया ९९ सय मेरो माया सय’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । बिष, वीरताको चिनो, तुलसीजस्ता होमप्रोडक्सन चलचित्रमा अभिनय गरेकी ऋचासँग गरिएको सङ्क्षिप्त संवाद-
तपाई कलाकार कि निर्मात्री ?
कलाकार नै हो । सुटिङस्पटमा पनि म निर्मात्रीजस्तो हुँदैहुन्न । मेरो व्यवहार कलाकारकै रुपमा हुन्छ ।
श्रीमान् निर्देशक भएपछि चलचित्र खेल्नचाहिँ समस्या भएन हैन ?
त्यस्तो होइन, राम्रो कलाकार घरमा छ भने किन नखेल्ने भनेर उहाँले (श्रीमान्) नै भन्नुहुन्छ ।
श्रीमान्सँग कतिको झगडा पर्छ ?
पर्दैन, एउटै क्षेत्रको भएकाले झगडाभन्दा सहयोग बढी हुन्छ ।
काममा सघाउनुहुन्छ ?
कुनै पनि काममा एकआपसमा सल्लाह गरेर नै निकास खोज्छौं ।
कि निर्देशनतिरै जाने योजना छ ?
अहिले हैन । पाँच वर्षपछि निर्देशनतिरै जान्छु ।
श्रीमानले एकदम माया गरेर बोलाउँदा के भन्नुहुन्छ ?
‘कालू’ भन्नुहुन्छ ।
काली भएकोमा कुनै गुनासो ?
त्यस्तो केही छैन, काली भएपनि हिस्सी परेकी छु नि !
नायिकाहरु त गाउनतिर लागे नि ? तपाई पनि ?
गाउनका लागि धेरै साधना चाहिन्छ । त्यतातिर जान्न । घरको गायिका मात्र बन्ने । गीतचाहिँ खुव सुन्न मन लाग्छ ।
कसको गीत बढी सुन्नुहुन्छ ?
कर्णदास र सत्य-स्वरुपको ।
अरुले थाहा नपाएको तपाईको बानी ?
ऐना बढी हेर्ने । मोवाइलमा पनि ऐना नै हेरिरहन्छु ।
दिनमा कतिपटक ?
गनेको छैन ।
उसोभए नक्कली ?
खै ! नक्कली नै होला । तर मेकअपचाहिँ गर्दिन ।
मैले सोध्न छुटाएको प्रश्न ?
मेरो चलचित्र ‘ब्रेकफेल’ । पूर्ण मनोरञ्जनात्मक, लाइभ कमेडी चलचित्र ब्रेकफेल भदौ १६ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । लोकेशन नयाँ छ, मेहनत पनि धेरै गरेका छौं । दर्शकले मूल्याङ्कन गरिदिनुहोस् ।
कस्तो छ यो चलचित्र ?
ग्ल्यामरस, स्टाइलिस् फिल्म हो । सुदूरपश्चिमको नयाँ लोकेशन । तर, भद्दा प्रस्तुति छैन । पूर्ण मनोरञ्जन ।





Ramesh भन्नुहुन्छ:
Film ramro 6basir miya भन्नुहुन्छ:
varee.good.filem.ramro6anjan भन्नुहुन्छ:
richa ji ko movie 1st class ramro 6Daniel भन्नुहुन्छ:
Hi, i am Daniel . i am interested about acting.u give me one chance?rajuanjan123 भन्नुहुन्छ:
richa vare nice buteyfuljit bahadur chaudhary भन्नुहुन्छ:
tapai ko yo film le saphal hos la..अबिरललिमभ्बू भन्नुहुन्छ:
ऋचाघिमिरेकोसँगबिभाहभएकोहैhariprasad joshi भन्नुहुन्छ:
you are very beauty full i like your film and your acting smail everythingmadan budha भन्नुहुन्छ:
you are so gerade and so smat im your fain...प्रेम राज दाहाल भन्नुहुन्छ:
हुन त तपाइ निर्मात्री भन्दा पनि नायिका हुनुहुन्छ तापनी एउटा कुरा नेपाली फिल्ममा सानो गल्ती धेरै हुने गर्छ जस्ले गर्दा राम्रै उद्देश्य र कथा भएको फिल्म पनि फ्लप हुने गर्दछ । अनि कथामा उपकथा हाल्नु हुँदैन साथै कलाकारको मात्र बढी र सहायक कलाकारको भूमिका बढी हुनु हुँदैन जस्तो लाग्छ ।अन्तत नेपाली मा पनि हास्य फिल्म बनौनु भएकोमा धन्यवाद अनि शुभ-कामना ..........