Share |

अमेरिका जाने तयारीमा छु: जेनिशा केसी

‘बोल्ड’ नायिकाको रूपमा चिनिएकी नायिका जेनिशा केसीलाई चलचित्रको कुनै कमी छैन रे । आफू निकै चुजी भएकाले दुई/तीनवटा चलचित्र छोडेको बताउने जेनिशाको नाम बेला बेलामा नायक विराज भट्टसँग पनि जोडिने गरेको छ । तर उनी यो सम्बन्ध केवल व्यावसायिका रूपमा मात्र सीमित रहेको बताउँछिन् । अमेरिका जान भिसाका लागि तयारी गरिरहेकी जेनिशालाई बिहे गर्ने हतारो छैन । उनी अझै ७/८ वर्ष बिहे नगर्ने मुडमा छिन् । चलचित्र नपाएर सुख्खा लागे जस्तो छ नि ? त्यस्तो होइन । चैतदेखि दुईवटा चलचित्र सुरु गर्दैछु । आजभोलि म निकै चुजी पनि भएको छु । जुन पायो त्यही चलचित्रमा अभिनय गर्दिन । त्यसैले मैले दुईवटा चलचित्र छोडे पनि । दिदीको सहयोगमा म अमेरिका जाने तयारीमा छु । अहिले भिसाका लागि चाहिने आवश्यक कागजपत्र जुटाउँदैछु । त्यसैले अहिले कुनै चलचित्रमा व्यस्त छैन । अमेरिका घुमेर आएपछि फेरि नयाँ चलचित्र सुरु गर्छु । तपाइंको नाम नायक विराज भट्टले सिफारिस गर्दै हिँड्नुहुन्छ रे ? उहाँ निर्माता/निर्देशक हो र? मलाई चलचित्रमा लिने । उहाँले कुन अहिलेसम्म कुन चलचित्र चलाउनु भएको छ र ? निर्माता/निर्देशकहरूले जोडी मिल्छ भनेर लिएका होलान् । फेरि हाम्रो हाइट पनि मिल्छ । विराज दाइले पनि व्यावसायिक हिसाबले कुनै निर्माता/निर्देशकलाई मेरो नाम भन्नुभएको होला । चलचित्रमा टिक्न निर्माता/निर्देशकलाई रिझाउनुपर्छ भनिन्छ नि ? मलाई त्यस्तो लाग्दैन । राम्रो र चोखो सम्बन्ध भने हुनुपर्छ । तर कस्तो किसिमले रिझाउने हो त्यो त मलाई थाहा छैन । ‘एक्सपोज’को मामिलामा निकै उदार हुनुहुन्छ ? वन्स अपन अ टाइम नबुझेर एक्सपोज गरियो । त्यतिबेला केही थाहा थिएन । अहिले निकै सचेत भएकी छु । ग्ल्यामर्स क्षेत्र हो भनेर सुरुमा गरियो तर नेपाली समाजमा यो नपच्ने रहेछ । घर परिवार पनि कराउन थाले । अनि बल्ल ज्ञान आयो । यतिबेला एकपछि अर्को नेपाली चलचित्र असफल बन्दै गइरहेका छन्, यसमा प्रमुख कमजोरी कसको देख्नुहुन्छ ? विशेषगरी निर्देशकको यसमा कमजोरी छ । जो पायो त्यहीलाई नायक/नायिकामा लिन्छन् । निर्देशकले चलचित्र बुझेर बनाउनु पर्‍यो नि । यसो नगर्दा चलचित्र कमजोर बन्न जान्छ नि । जो पायो त्यही भन्नाले ? चलचित्र क्षेत्रका बारेमा नबुझ्ने मानिसहरूको पनि यस क्षेत्रमा प्रवेश भइरहेकेा छ । यस क्षेत्रमा आउनुपूर्वर् अभिनय लगायत अन्य कुरामा राम्रो तयारी गरेर आउनु पर्‍यो नि । लगानी गरेर चलचित्रमा प्रवेश गर्नेको सङ्ख्या बढी रहेको छ नि ? यो नराम्रो कुरा हो । यसरी आउने लामो रेसका घोडा हुन सक्दैनन्, दुई चार दिन टिकेर फेरि हराउँछन् । महिला कलाकार बढी निर्माता बनिरहेका छन् त ? आफ्नै क्षेत्रमा लगानी गर्नु नराम्रो त होइन । क्षमता छ भने लगानी गर्दा हुन्छ । बिहे गर्ने उमेर भएन ? भयो तर आफूलाई अझ बच्चै छु जस्तो लाग्छ । ७/८ वर्ष अझै बिहे गर्दिनँ । कड्के नजर त धेरैलाई लगाइयो होला नि ? अहिलेसम्म मनभित्रै बस्ने मान्छे फेला परेको छैन । सबैलाई मन पराइन्छ तर भित्री मनले मन पराउने कोही भेटेको छैन ।

प्रतिक्रिया (२)

Hom Nath Dharel भन्नुहुन्छ:

i am very glad to read the above news/interview with the jenisha kc.she is the well reputed actress in the film industry of nepal.Heartly i love her and every film actress of nepal. i would like to suggest to janisha,marrige is a private affair,so no need to rush,first make your carrier bright and think settle down in a family.i appreciate your attitude towards marriage.you need to keep continue your profession in film industry,rather make plan to stay in america.eventually thanks to all filmy actor/actress to make your carrier moonlight from the same field.think about how to make the film so awarness besides earning money,so that every nepalese becoming a beloved of the nepali movies.

Ramsing भन्नुहुन्छ:

Jeshina k. Verry laki garl

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box