दर्शकको मायाले मोटाएँ: सम्झना बुढाथोकी: सम्झना बुढाथोकी
लोकदोहोरीको नृत्यरानी सम्झना बुढाथोकी नृत्यबाट स्टेज तताउन माहिर छन् । सम्झनाकै कारण अधिकांश ‘शो’ हिट हुन्छन । प्राय उनी बिदेशमा नेपालीहरुले गर्ने कार्यक्रममा ब्यस्त हुन्छिन् । नृत्यबाटै कमाएको पैसाबाट काठमाडौंको बालाजुमा घर बनाइरहेकी सम्झनासँग फिल्मनेपाल डटकमले गरेको छोटो कुराकानीः
-आजकल के गर्दै हुनुहुन्छ ?
ल्होसार कन्सर्टमा सहभागी हुनका लागि मलेसिया जाँदैछु ।
-प्रस्तुती के दिँदै हुनुहुन्छ ?
मैले गर्ने भनेको डान्स हो । त्यहाँ पनि मैले डान्स गर्ने हो ।
-तयारी कस्तो चल्दै छ ?
तयारी धुमधडाकका साथ गर्दै छु । मेरो सिंगल डान्स भएकाले त्यसैको तयारीमा लागेको छु । मौलिक तरिकाले लोक झल्को दिने डान्समा मेरो ध्यान केन्द्रीत छ ।
–तपाई जहाँ जानुहुन्छ त्यहाको कार्यक्रम हिट हुन्छ रे नि ?
जल्लदोवल्दो कलाकार भएकोले त्यसो भएको हुनसक्छ । अरूको भन्दा मेरो डान्स विशेष हुन्छ नि त ।
-विदेश भ्रमण गर्ने तपाई सबैभन्दा व्यस्त कलाकार हो ?
हुनसक्छ, विदेशमा गएर राम्रो डान्स गर्ने भएकोले मेरो व्यस्ता अलि बढेकै हो की ।
-पैसा पनि राम्रै आम्दानी गर्नुभएको छ रे ? गाडी, वंगला के-के जोड्नु भयो ?
पैसा नभई त कसले नै काम गर्छ र ? मैले पनि पैसाकै लागि काम गरेकी हूँ । टन्न हैन खान पुग्ने कमाएको छु । गाडी छैन वंगला चाहीँ बालाजुमा बनाउँदै छु ।
-तपाई फेरी बिहे गर्ने तयारीमा हुनुहुन्छ रे नि ?
मैले पहिलो बिहे गरेको भए न दोस्रो हुन्थ्यो । मैले त बिह नै गरेको छैन । र अर्को बिहेको लागि पनि आतुर छैन ।
-तपाई मोटाउनु भएको छ । डान्स गर्न अप्ठ्यारो हुदैँन ?
म मोटाएको कुरा स्वभाविक हो । दर्शकको माया धेरै भएर मोटाएको पनि पक्का हो । म दर्शकहरुसँग सन्तुष्ट छु । अर्को कुरा भैँसीलाई सिङको भारी हुदैँन, मलाई पनि ज्यान भारी भाको छैन ।
प्रतिक्रिया (११)
baburam sigdel भन्नुहुन्छ:
mata patalo chhu moto huna man lage ko chha tara samjhana ji lai ta badhai dina chahanchhuchetrajkhadka भन्नुहुन्छ:
ak damai ramro lago tapai ko photo chai vako chha hola jasto lag chhaMadan Baduwal भन्नुहुन्छ:
Samjhana g jawani ko pyas metauna payakai hola kina bihe garnuparyo haina r?dilip babu भन्नुहुन्छ:
k tapai ko married vayako ho sankar bc sanga maila tastai suneko thaya nnaresunu laBISHNU KHATRI भन्नुहुन्छ:
TAPAIKO NACH RAMRO LAKCHA SAMJANA AABA SAUDI ARABIA AAUNI HOINA TA..?SAMJANA HAPPY TEEJ 2068 TAPAILAI ANI TAPAIKO SAMPURNA PARIBAR MA LA..MERO TARFA BATAA..AUHI PRADESHI BISHNU SAUDI ARABIA.BYE SAMJANA....rana भन्नुहुन्छ:
samjhana ji tapai sarai ramri hunnu6 testai dnce 6 tapai phone denu mil6holaBABAL ROC भन्नुहुन्छ:
ke hunchha ke hunchha malai ta samjana ji ko nacha dekhe pachi ta. maile ta khai kina ho kunni samjana pura sansar nai bhuler matra timi dekhchhu.s.g भन्नुहुन्छ:
vako cha hola jasto lag cha,m lai ta garo vako cha tapai ko jeeu dekhera,s.g भन्नुहुन्छ:
vako cha hola jasto lag cha,Tina भन्नुहुन्छ:
Hahaha...Do you even know how to dance Nicely...Haha After being fat u will Flop.Bisan Thapa भन्नुहुन्छ:
भैँसीलाई सिङको भारी हुदैँन, मलाई पनि ज्यान भारी भाको छैन । Haha.. Interesting!!!