यौन मामिलामा समाज खुल्ला बन्दै छ: अरुणीमा लम्साल
चलचित्र यस्तै रहेछ जिन्दगीमा सह-नायिकाको भुमिकाबाट नेपाली रजतपटमा पाईला टेकेकी नायिका अरुणीमा लम्सालले वितेका आठ वर्षमा आफुलाई स्थापित नायिकाको रुपमा उभ्याएकी छन् । तीन दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरी सकेकी अरुणीमाले शुरुमा नायिका हुने सोच नै बनाएकी थिइनन् । चरित्र अभिनेत्री राधा भावु लम्सालकी छोरी अरुणीमाले आफु चलचित्र क्षेत्रमा आएपछि मात्र परिवारले सहयोग गरेको बताईन । क्यारियर बनिरहकै बेला विवाह गरेकी अरुणीमाले वैवाहिक जीवनमा ठाकठुक परे पनि समस्या नरहेको स्पष्ट पारिन् ।
चलचित्रमा प्रवेश गर्न पारिवारिक वातावरणले कतिको काम गर्यो ?
वास्तवमा भन्नु पर्दा चलचित्रमा आईसकेपछि मात्र परिवारको सहयोग गर्नुभएको हो । मैले नायिका बन्ने सोच नै बनाएको थिएन । बैंकमा जागिर गर्ने सोच थियो । ममीले पनि चलचित्र क्षेत्रमा आउन कहिल्यै कर गर्नु भएन ।
कतिवटा चलचित्रमा अभिनय गरिसक्नु भयो ?
अहिलेसम्म ३५, ४० वटा जति चलचित्रमा अभिनय गरीसकें ।
बढी ग्लामर्स भुमिकामा देखिनु भा छ नि ?
नायिकाको रुपमा अभिनय गरेको पहिलो चलचित्रमा ग्लामर्स भुमिकामा थिएँ, त्यसैले होला प्राय निर्माता, निर्देशकहरुले त्यस्तै भुमिका अफर गर्नुहुन्छ । फेरि पहिलो चलचित्रमा नै ग्लामर्स रुपमा देखिंदा सबैले पहिलो चलचित्र नै सम्झिन्छन । म करिब एक दर्जन चलचित्रमा मात्र त्यस्तो भुमिकामा छु । बाँकीमा त छैन नि ।
निर्माता, निर्देशकहरुले नायिकाहरुलाई 'बडी एक्स्पोज' गर्न दवाव दिन्छन रे ?
एक्स्पोज गर्नका लागि दवाब दिएको मैले अनुभव गरेको छैन । कथाले एक्स्पोज गर्न भनेको छ भने म गर्न तयार छु, तर कसैको दवाबमा गर्ने भन्ने कुरै छैन ।
क्यारियर बनिरहेकै बेलामा विहे गर्नु भो नि केही असर गर्योस कि ?
केही असर गरेको छैन । झन प्रशंसकहरु बढनु भा को छ ।
चलचित्र क्षेत्रमा त बढी हल्ला हुन्छ नि यसले वैवाहिक जीवनमा असर गर्दैन ?
सामान्य मान्छेको त हल्ला हुने ठाँउमा नायिकाहरुको हल्ला नहुने त कुरै छैन । तर हामीबीच राम्रो समझदारी छ ।
ठाकठकु पर्दैन कहिले काँही ?
पर्छ नि किन नपर्नु । तर क्षणीक मात्र ।
तपाई प्राय निर्देशक नरेश पौड्यालको चलचित्रमा दोहरिनु हुन्छ नि ?
त्यसो होइन । नरेशजी बाहेक अन्य निर्देशकको चलचित्रमा पनि दोहरिएको छु । नरेशजीको दुई वटा चलचित्रमा मात्र म दोहोरिएको हुँ ।
निर्माता बन्न लाग्नु भा छ रे ?
सोच त बनाएको हो, तर तत्काललाई स्थगित भयो ।
नायिकामा सेक्स अपिल हुन जरुरी छ कि छैन ?
सेक्स अपिल हुनुपर्छ ।
चलचित्र क्षेत्रमा नायिकाहरुमाथि बढी यौनशोषण हुन्छ भन्छन् नि ?
यस्ता कुरा सुनेको तर देखेको छैन । आफुलाई त्यस्तो कहिल्यै परेन । जे भए पनि नराम्रो कुरा हुनु हुँदैन भन्ने हो ।
एक जना नायिकामाथि त बलात्कारकै प्रयास भयो नि ?
त्यो त आपसी कुरा हो । दुई जनाबीच के भयो भन्ने कुरा उनीहरुलाई मात्र थाहा छ । कसैले केही नराम्रो प्रस्ताव गरे ‘नो' भन्न सक्नुपर्छ । सानो उमेरमा धेरैले प्रस्ताव राख्थे, सबैलाई हुन्छ भन्ने कुरा भएन नि । त्यसैले त्यो सबै आफुमा भर पर्ने कुरा हो ।
नायिकाहरुको श्रृंखलाबद्ध सेक्स भिडियाहरु सार्वजनिक भैरहेका छन नि ? यसले नायिकाहरुको छवी धमिलो बनाउदैन र ?
सेक्स सबैले गर्छन र यो सबै ठाँउमा हुन्छ । सेक्स नगर्ने को नै पो हुन्छ, तर टेप बनाएर सार्वजनिक गर्नु चाहीँ हुँदैन । सार्वजनिक रुपमा चिनिएका नायिकाहरुको यसरी टेप बाहिर आउनुले नकरात्मक सन्देश जान्छ, तर यसले सबै नायिका खराव हुन्छन भन्ने होइन । सबैले आफ्ना आन्तरिक कुरालाई गोप्य राख्नुपर्छ ।
नेपाली समाज यौनको मामिलामा संकुचित भएको मान्नुहुन्छ ?
पहिलो सेक्स टेप बाहिर आएकाले धेरै थरिका कुराहरु भए । यस्ता टेप २, ४ वटा आए सबैले वास्ता गर्न छोडछन् । पछि केही पनि हुँदैन ।
आफ्नो कुन बानी सच्याउन चाहनुहुन्छ ?
झनक्क रिसाउने बानी छ, पाएसम्म यही बानी सच्याउने थिएँ ।
भगवानसँग कुनै एक वर माग्नु पर्योब भने ?
जे छ त्यसैमा सन्तुष्ट मिलोस भन्ने वर माग्छु ।
अरुले थाहा नपाएका तपाईका तीन कुराहरु ?
अध्यारोसँग डर लाग्छ, चलचित्रमा रुने दृश्य आयो भने आँखाबाट आशु निस्कन्छ र घरमा भएको बेला खाना पकाउन र सरसफाई गर्न मन पर्छ ।
कलाकारहरु बढी विदेशीरहेका छन नि ?
आफ्नो काममा निराशा जागेपछि र आर्थिक स्थिति कमजोर भएपछि विदेशिनु बाध्यता हो । यहाँ गर्न नसक्ने काम विदेशमा गर्न सकिन्छ ।
तपाई विदेशिने सोचमा त हुनुहुन्न नि ?
छैन, छैन ।
प्रतिक्रिया (४३)
Kailash chand भन्नुहुन्छ:
I like your sexy actionVUWAN भन्नुहुन्छ:
heloo.k6 arunima m lai chin6u m bhuwan kaji hoVUWAN भन्नुहुन्छ:
mereebasaidipesh sapkota भन्नुहुन्छ:
nanu bideshane surma bhaya malai samjha hai kure basako 6u.indra dahal भन्नुहुन्छ:
परिस्थिती ले मान्छे लाई जहाँ पुर्याए पनि, जिन्दगी को अबिरल यात्रा मा कहिल्यै ठेस नलागोस ,बाचुन्जेल नमेटिने गहिरो चोट कहिल्यै नलगोस यो , ठुलो महल को येस्,आराम नभए पनि हृदय को खुशी कहिल्यै न टुटोस सधैं हासो र उमंग लिएर बाचिरहौ । शुभ-बिजय दशमी २०६७ को हार्दिक मंगलमय शुभकामनाmeena dahal भन्नुहुन्छ:
hi didi how are u i love u didisudip भन्नुहुन्छ:
She doesnt fit as a herione. No looks and no acting even. Just the name of her parents should not be used. Comeon industry, dont do these kinds of activities. She sucks like many other heriones.Kumar Gurung भन्नुहुन्छ:
your hight, your face, your acting, your looking, your dancingrai nabin भन्नुहुन्छ:
malai sabai manpar6 tara 1uta kura ma man pardaina jun kura ho hadai kissNil deep kc भन्नुहुन्छ:
Hi!my lovely i like you.You are so nice and beauty I like your every charaters I wish you every things will sucusses in future Nim kunwar from belguumGanesh भन्नुहुन्छ:
Hi arudima ji malai hajurko dance acting ekdam man par6a. Jasto paayo testo filmma nakhelnu. Ali rarirlai mention garna paryo. Ali besi moto hunubhayo k.kulrajpokhrel भन्नुहुन्छ:
Hi k6 Ilike youBasanta thapa भन्नुहुन्छ:
I like arunima role and also i love her.rona limbu'' भन्नुहुन्छ:
frist a fall''i respectete arunima.. malai arunima ekdam manpar6..uhako malai hareck kura haru man par6.therefor i want say.....i have most love for arunima.......i love love you arunima....bishnu kanta bastola भन्नुहुन्छ:
personally to me evrry kind of qualification is needed for a artists. about u i am liking ur acting but i shall be liking more if u please strugle more harder, doesnt mean ur acting is not enough of nepali flimmy industry.i hope ur i will see ur better acting and please u must improved ur the way of ur walking best of luck for the rest of ur time.bidur भन्नुहुन्छ:
hi aarunima madam i like your dance i see your dance malaysiabos gurung भन्नुहुन्छ:
I Like u n your actingAkhil Shrestha भन्नुहुन्छ:
hi arunima i am akhil i also read in little angle school i feel love with u in that schoo but i can't say u but i am still waiting for u i love u i live in chitwan so when u got chance to come chitwan then mail me i will come to meet uprabin thapa भन्नुहुन्छ:
i like you and your acting al the bestsanu premi भन्नुहुन्छ:
hi, arunima medam i never forget u la i l u