गृह पृष्ठ समाचार फिचर तस्वीर संगीत भिडियो कुराकानी
ग्लायमर्स मात्रै कहा हो र ! : रेखा थापा, नायिका

चर्चाको उचाईमा पुगेकै बेला नायिका रेखा थापाले सिनेमा निर्माणमा समेत हात हालेकी हुन् । उनको सिनेमा 'हिम्मत' ब्यबसायिक हिसाबले राम्रै हरियो । रेखाको 'हिम्मत' मा २ थपेर दिपक श्रेष् ले 'हिम्मत-२' को निर्माण गरे, जुन सिने उद्योगमा ुलै विवादको विषय बन्योपनि । यस्तैको सेरेफेरो, सिने यात्राका अनुभव र अनूभूति, नायिका रेखा थापासँग फिल्मनेपालका लागि गरिएको कुराकानीः

रेखा जी, ६ दर्जन सिनेमामा अभिनय गरिसक्नुभयो कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
- सिनेमामा लाग्ने इच्छा सानैदेखिको हो, आफ्नो इच्छा अनुसारकै काममा यत्तिको स्थापित हुन सकेकोमा सन्तुष्ट नै छु । तर, कहिलेकाँही आफैले आफैलाई मुल्यांकन गर्छु 'लाग्छ अझै सिक्नु धेरै छ ।'
 

अभिनय क्षमताले भन्दा पनि ग्ल्यामर भूमिकाले तपाईको स्थापित गराएको भन्ने आरोप लगाइन्छ नि ?
-बन्जी जम्पिङ्ग देखि मार्सटल आर्टिस्ट सम्म अनि नारी संवेदनाका भावनात्मक भूमिकामा पनि मैलै उत्तिकै अभिनय गरेकी छु । तर, चर्चा चाँहि मेरो ग्ल्यामर पक्षकै हुन्छ । म आफैलाई यसको कारण थाहा छैन ।

तपाईको अनुभवमा चलचित्र सिर्जना हो कि ब्यपार ?
-मेरो सन्धर्भमा अभिनय पेशा हो, यसलाई ब्यबसायिक बनाउँदै लानु पर्छ ।

अझै थुप्रै दर्शकको मन जित्न नेपाली सिनेमाले सकेको छैन । सिने उधोगको पल्लिलो स्थिती के छ ?
- यतिबेला सिनेमा निर्माणमा बाढी नै आएको छ । तर, थोरै बाहेक अधिकाशं स्तरका हिसाबले कमसल छन् । संख्या बढ्यो तर, स्तर बढेन ।

यसको जिम्मेवार को त ?
- हामी कलाकार अनि सबै सिनेकर्मी नै यसका जिम्मेवार हुन । नेपाली दर्शकलाई लक्षित गरेर अझै सिनेमा बन्न सकेका छैनन् ।

आफै लगानी गरेर सिनेमा बनाउनुभयो । नायिका बनेर यत्तिका कमाएर पनि पुगेन ?
- अरुको सिनेमाका अभिनय गर्दा अरुकै परिकल्पनाको दायारमा बाँधिनुपर्छ । कलाकारले गर्ने त निर्माता निर्देशकले जे भन्छन् त्यहि न हो । अनि यस्तो सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने परिकल्पना पुरा गर्न आफै सिनेमामा लगानी गर्नुपर्‍यो ।

तपाईले 'हिम्मत' बनाउनु भयो । पछि तपाईको संग्लनता बिना नै 'हिम्मत-२' को निर्माण भयो नि ?
- 'हिम्मत' ब्यबसायिक रुपले सफल भएछि अहिले 'हिम्मत-२' को निर्माण थालिएको छ रे । मेरो सिनेमा यसरी बनाउँदा पनि एकपटक समेत नसोधी गरियो ।

आफ्नो सिनेमा अर्कैले बनाउँदा कुनै प्रतिबाद गर्नुभएन त ?
- मलाई त यो गौरबको विषय लागेको छ । नाम चलेका र सिर्जनशिल भनिएका निर्देशक -दिपक श्रेष् )ले नै मेरो 'आइडिया' पछ्याउँछन् भने मेरो भन्नु के छ र ।

तपाईको त थुप्रै नायक-नायिकासँग पनि मनमुटाब -बोलचाल बन्द) छ रे नि ?
- आफ्नो तर्फबाट म सबैसँग राम्रो छु जस्तो लाग्छ । तर, उहाँहरु नै किन यसरी मेरो बिरुद्ध प्रचारबाजी गर्नुहुन्छ मलाई थाहा भएन ।
सँधै यसरी नै टिकिएला त ? भावी लक्ष्य बताइदिनुस न ।
- सिनेमा क्षेत्रमै लाग्ने, अभियन र निर्माणलाई सँगै अगाडी लाने सोच छ ।

No. 1 Web service in Nepal
Nedstat Basic - Free web site statistics
फिल्मनेपाल डट कममा सर्वाधिकार सुरक्षित,
मिडिया चौतारी प्रा.लि. अनामनगर काठमाडौं, नेपाल
फोनः ९७७-०१-२१६०५४४ इमेल: info@filmnepal.com
Media Chautari